राप्ती सोनारीमा ३१ हजार ४ सय ६६ मत खस्यो
  • काँचुली खबर

३० बैशाख, बैजापुर / बाँकेको राप्ती सोनारी गाउँपालिकामा शान्तिपुर्ण रुपमा मतदान सकिएको छ । निर्वाचन कार्यालय राप्ती सोनारीले ९ वटै वडाको १८ मतदान स्थलको ५१ वटै मतदान केन्द्रमा भयरहित वातावरणमा मतदान सम्पन्न भएको जनाएको छ ।

शुक्रबार भएको निर्वाचनमा राप्ती सोनारीमा ३१ हजार ४ सय ६६ मत खसेको छ । राप्ती सोनारीमा कुल ४४ हजार ८ सय १२ मतदाता रहेका छन । ४ हजार २ सय ८६ मतदाता भएको वडा नं. १ मा २ हजार ६ सय ८६ मत खसेको छ । यसैरी वडा नं. २ मा ४ हजार ५ सय ३६ मतदाता संख्या मध्ये ३ हजार ३ हजार १ सय ६८ मत खसेको छ । यसैगरी ३ नं. वडाको ४ हजार १ सय ८२ मध्ये ३ हजार २ सय १३ मत खसेको छ ।

वडा नं. ४ मा ५ हजार ४ सय ३५ मध्ये ४ हजार ९९ मत खसेको छ । यसैगरी वडा नं. ५ मा ५ हजार १ सय ८७ मध्ये ३ हजार ८ सय ३५ मत खसेको छ । त्यस्तै वडा नं. ६ मा ५ हजार ४ सय ३८ मतदाता संख्या मध्ये ४ हजार १ सय ७२ मत खसेको छ ।

वडा नं. ७ मा ५ हजार ७ सय १५ मत मध्ये ४ हजार ४ सय ३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी वडा नं. ८ मा ३ हजार ९ सय १२ मतदाता मध्ये २ हजार ८ सय ८ मत खसेको छ । वडा नं. ९ मा ४ हजार १ सय ७ मध्ये ३ हजार ८२ मत खसेको छ । सबै वडाको मतपेटिका कडा शुरक्षाका बिच राप्ती सोनारी गाउँपलिकाको कार्यालय अगैयामा राखीएको निर्वाचन आयोग राप्तीसोनारीले जानकारी दिएको छ ।

  • ३० बैशाख २०७९, शुक्रबार २१:०७ प्रकाशित
  • Nabintech