नेपालगन्जमा माओवादी युवा स्वयंसेवकको भेला तथा प्रशिक्षण हुँदै
  • काँचुली खबर

फाइल फोटो

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आज (आइतबार) माओवादी केन्द्र निकट युवा स्वयंसेवकहरुको भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटी अध्यक्ष रतन शाहीले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी युवा स्वयंसेवकहरुको भेला तथा प्रशिक्षण कार्यक्रम राखिएको जानकारी दिए ।

आइतबार बिहान ११ बजे बिपि चोकमा भेला भएर र्‍यालीसहित भेरी प्राबिधिक शिक्षालयमा पुगेर प्रशिक्षण कार्यक्रम गरिने शाहीले जानकारी दिए । युवा स्वयंसेवकहरुलाई पार्टीका प्रदेश तथा केन्द्रिय नेताहरुले प्रशिक्षण दिने उनले बताए ।

कार्यक्रममा नेपालगन्जका २३ वटै वडाका युवा तथा पार्टीका नेता कार्यकर्ताको उपस्थिती रहने अध्यक्ष शाहीले जानकारी दिए ।

  • २७ चैत्र २०७८, आईतवार ०८:३९ प्रकाशित
  • Nabintech