महिला नेतृ लामा माओवादीमै फर्किइन
  • काँचुली खबर

केही समय पहिले माओवादी केन्द्र पार्टी परित्याग गरेर नेपाली काँग्रेस प्रवेश गरेकी बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ की महिला नेतृ तृष्णा स्यानताङ लामा पुनः माओवादी केन्द्रमै फर्किएकी छिन ।

नेतृ लामा बिहिवार राप्तिसोनारी ६ सहिद स्मृति पार्कमा आयोजित एक कार्यक्रमबीच पुनः माओवादीमै फर्केको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अमर खड्काले जानकारी दिए ।

नेतृ लामालाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला संयोजक आइपी खरेल, प्रदेश सदस्य अमर खड्का, पट्टु थारु, मन्जु रोकाय, गाउँपालिका अध्यक्ष चिमबहादुर घर्ती लगायतले स्वागत गरेका थिए ।

नेतृ लामाले केही समय पहिले पार्टी प्रति आफ्नो केही असन्तुष्टि रहेको भन्दै माओवादी छाडेर काँग्रेस प्रवेश गरेको बताएकी थिईन । राप्तीसोनारीको राजनितीमा महिला नेतृ लामाको ठूलो प्रभाव रहेको स्थानीय बताउँछन् ।

  • २६ फाल्गुन २०७८, बिहीबार १७:३३ प्रकाशित
  • Nabintech