२ हजार ६ सय जेष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण
  • काँचुली खबर

डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत सम्पुर्ण जेष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो ।

जेष्ठ नागरिकसंगै अपांगङ्ता भएकाहरुलाई पनि आज आइतबार सामाजिक सुरक्षा भत्ता र न्यानो सामाग्री वितरण गरिएको छ । वडा नं. २ र ३ का पुर्ण अशक्त र अति अशक्त अपांगता भएका (क) र (ख) वर्गका अपांङता भएका १ सय ७ जनालाई न्यानो सामाग्री वितरण गरिएको छ । गाउँपालिकाले अहिलेसम्म दुई हजार ६ सय ३ जनालाई न्यानो सामाग्री वितरण गरिसकेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

गाउँपालिकाको वडा नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएको हो । गाउँपालिकाले गाउँ टोलबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८/०७९ को पहिलो र दोस्रो त्रेमासिक साउनदेखि पुससम्मको भत्ता वितरण भईरहेको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए ।

बैंकबाट भत्ता बुझेर जेष्ठ नागरिकहरुलाई एक-एक वटा बलान्केट र च्यवनप्राश वितरण गरि घरैसम्म पुरयाउने गरिएको छ । गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जना र ३ सय ३८ जना अपाङगता भएकाहरुलाई कम्वल र च्यवनप्राश वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

वितरणको कार्यमा गाउँपालिकाका कर्मचारी, शिक्षक लगायतका सहयोगीहरु खटिएका छन ।

  • १ फाल्गुन २०७८, आईतवार १९:३७ प्रकाशित
  • Nabintech