कोरोना संक्रमणबाट कैलालीकी २२ बर्षिया युवतीको नेपालगन्जमा मृत्यु
  • काँचुली खबर

फाइल फोटो

कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ४ कैलालीकी २२ बर्षिया एक युवतीको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

वलीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर ४ कैलालीकी २२ बर्षिया कोरोना संक्रमित ती युवतीको आज बिहान ११:४० बजे नेपालगन्जको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक युवतीलाई माघ २८ गते कोरोना संक्रमण पुष्टि भएपछि सोहिदिन भेरी अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको थियो । मृतक ती युवतीले कोरोना विरुद्धको खोप नलगाएको वलीले जानकारी दिए ।

योसङ्गै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९७ पुगेको छ । जसमध्ये, बाँकेका ३५१ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट उपचार गराउन आई मृत्यु हुनेको संख्या ४४६ पुगेको छ ।

  • १ फाल्गुन २०७८, आईतवार १६:२७ प्रकाशित
  • Nabintech