बाँकेको नेपालगन्जबाट प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कोरियनपुर स्थित अन्जना होटलमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला को खरिद विक्री भईरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलिले रेडपाण्डाको २ थान छाला सहित डोल्पा त्रिपुरासुन्दरी ३ का हर्क बहादुर विक, विवेक वोहरा र रामकृष्ण शाही तथा ठुलोभेरी नगरपालिका १ का सुकराम विकलाई पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
होटलको कोठा नम्बर १०५ मा रहेको खाट मुनी प्लाष्टिक वोरा भित्र रहेको रेडपाण्डाको छाला २ थान बरामद भएको उनले बताए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
६ चैत्र २०७८, आईतवार २०:१९ प्रकाशित