व्यवसायीका समस्या समाधान गर्न उद्योग व्यापार संगठनले पहल गर्ने
  • काँचुली खबर

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेले उद्योगी व्यवसायीका समस्याहरू समाधान गर्नका लागि पहल गर्ने भएको छ ।

पछिल्लो समयमा बैंकिङ्ग कारोवार नहुदा उद्योगी व्यवसायी मर्कामा परेको भन्दै उनिहरुका समस्या समाधानका लागि सम्बन्धित सरोकार निकायसँग पहल गरिने उद्योग व्यापार संगठन बाँकेका अध्यक्ष तेजप्रसाद रेग्मीले जानकारी दिए ।

संगठनको सोमबार नेपालगन्जमा बसेको तेस्रो पुर्ण बैठकले विभिन्न निर्णय समेत गरेको उनले बताए ।

संगठनको कार्यालय व्यवस्थापन, आर्थिक व्यवस्थापन, नयाँ वर्षमा क्यालेन्डर प्रकाशन तथा दुई महिलासहित ७ जनाको सल्लाहकार समिती गठन गरिएको बैठकले निर्णय गरेको छ ।

त्यसैगरी, होलीको अवसरमा चैत २ गते गाभर भ्यालीमा होली मिलन तथा वनभोज कार्यक्रमको आयोजना गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए ।

  • ३० फाल्गुन २०७८, सोमबार २१:३९ प्रकाशित
  • Nabintech