प्रेस सेन्टर नेपाल बाँकेले पालिका स्तरीय सम्मेलनलाई तिब्रता दिएको छ । प्रेस सेन्टरलाई पालीकास्तरसम्म विस्तार गर्ने केन्द्रिय निति अनुसार आईतबार नेपालगन्ज उपमहानगरपालिकाको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ । यसअघि सेन्टरको कोहलपुर नगरस्तरीय सम्मेलन सम्पन्न भईसकेको छ ।
आईतबार नेपालगन्जमा भएको सम्मेलनले चन्द्र बोहोराको नेतृत्वमा नेपालगन्ज पालिकास्तरीय २१ सदस्यीय कमिटि चयन गरेको छ । जसको उपाध्यक्षमा अमर शाही र सविता चन्द, सचिवमा आकाश कसौधन, सहसचिवमा गगन पौडेल, अर्सद रङरेज र कोषाध्यक्षमा शेर बहादुर बोहरा चयन भएका छन । त्यसैगरी सदस्यहरुमा सन्तोष तिवारी, प्रदिप ठाकुर, सपना परियार, सुष्मा सुनार, उत्तम केसी लगायतका रहेका छन् ।
प्रेस सेन्टर नेपाल बाँके जिल्ला अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षमा भएको सम्मेलनमा उत्साहजनक सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकार र पत्रकरिता क्षेत्र निस्पक्ष हुनुपर्ने तर्क राखेका थिए । समाज परिवर्तनको मुख्य जिम्मेवारी सम्हालेका पत्रकारहरु आफ्नो पेशा र कर्तब्यप्रति ईमान्दार हुनुपर्ने धारणा राख्दै वक्ताहरुले १९ वर्ष लामो इतिहास बोकेको प्रेस सेन्टर नेपाल आम नागरिकका समस्याहरु उजागर गर्दै अन्याय र अत्याचार विरुद्ध आवाज बुलन्द गर्ने माध्यमका रुपमा उदाएको भन्दै खुसी ब्यक्त गरेका थिए । साथै आगामी दिनमा थप शसक्त रुपमा अघी बढ्न समेत आग्रह गरेका थिए ।
२९ फाल्गुन २०७८, आईतवार २०:४९ प्रकाशित