नेकपा एमाले निकट बुद्धिजीवीहरुको संगठन नेपाल बुद्धिजीवी परिषद बाँकेको अध्यक्षमा भेषराज भुसाल निर्वाचित भएका छन ।
शनिबार नेपालगन्जमा सम्पन्न परिषदको ८औं जिल्ला अधिबेशनबाट भुषाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।
अधिबेशनले भुषालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रमोद शर्मा, सचिबमा लोकप्रसाद प्याकुरेल, उपसचिवमा प्रकाश रेग्मी र प्रशु चौधरी, कोषाध्यक्षमा मायाकुमारी लामिछाने चयन भएका छन ।
त्यसैगरी, सदस्यहरूमा क्रमशः उदय अधिकारी, भुपेन्द्र रेग्मी, प्रदिपश्री अधिकारी, शारदा केसी, गगन खड्का, निमप्रकास थापा, मनप्रकास रेग्मी, महेन्द्र सेडाई, जाकिर सिद्दिजी, ईन्दिरा गौतम, सुमन बिश्वकर्मा, नैना शर्मा, रामचरण बिसी, फणीन्द्र आचार्य र नेत्रप्रसाद सापकोटा चयन भएको अध्यक्ष भुषालले जानकारी दिए ।
अधिबेशनको एक कार्यक्रमबीच नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य डा. राजन भट्टराईले उद्घाटन गरेका थिए ।
१४ फाल्गुन २०७८, शनिबार २१:०८ प्रकाशित