बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ को कार्यालय भवनको शिलान्यास गरिएको छ ।
वडाको कैरातीपुरमा शुक्रवार एक कार्यक्रमबीच गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमीसरा धिताल र स्थानीय समाजसेवी तथा जग्गादाता रामगोपाल वर्माले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।
वडा पालिकाले आफ्नो कार्यालय भवन निर्माण गर्न लागेको उक्त जग्गा स्थानीय समाजसेवी तथा साबिकको गनापुर गाबिसका पुर्व अध्यक्ष रामगोपाल वर्माले निशुल्क दान गरेको वडा अध्यक्ष सुरेश यादवले जानकारी दिए । समाजसेवी वर्माले कार्यालय भवन निर्माणार्थ २ कठ्ठा जग्गा उपलब्ध गराएको अध्यक्ष यादवले बताए ।
कार्यालय भवन निर्माणका लागि सोनाम कन्ट्रक्सन सिमिकोट हुम्लाले ठेक्का पारेको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।
रानाका अनुसार, भवन निर्मानार्थ ६० लाख रुपैयाँमा टेण्डर गरिएकोमा सो कन्ट्रक्सनले भ्याटसहित ३६ लाख रुपैयाँमा टेण्डर पारेको हो । ३ कोठा १ हलसहितको सो भवन निर्माणका लागि कम्पनीसङ्ग एक बर्षको समयसीमा तोकी सम्झौता गरिएको हो ।
शिलान्यास कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य पदम धिताल, बाँके उपाध्यक्ष डिल्ली बिसी, जनप्रतिनिधि, वडाका कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, ठेकेदार कम्पनीका प्रतिनिधि, स्थानीय सुरक्षाकर्मी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।
१३ फाल्गुन २०७८, शुक्रबार १२:५६ प्रकाशित