बन्धु गिरी ग्याबिन जाली उद्योगले त्रिपल टुईस्ट जाली उत्पादन गर्दै
  • काँचुली खबर

बाँकेको कोहलपुरमा अर्को एउटा नयाँ ग्याबिन जाली उद्योग संचालनमा आएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ३, मैटहवामा गत कार्तिक महिनाबाट बन्धु गिरी ग्याबिन जाली उद्योग संचालनमा आएको हो ।

कोहलपुरका स्थानीय व्यवसायी सुरज गिरीले उक्त जाली उद्योग संचालनमा ल्याएका हुन । उक्त उद्योगले डबल टुइस्टकासाथै त्रिपल टुईस्ट जाली समेत उत्पादन गर्दै आएको उनले जानकारी दिए । ‘हेटौंडादेखि पश्चिम् क्षेत्रमा त्रिपल टुईस्ट जाली उत्पादन गर्ने मेसिन अरु कसैको छैन, पहिलो पटक यो क्षेत्रमा हाम्रो उद्योगबाट त्रिपल टुईस्ट जाली उत्पादन भैरहेको छ ।’- उनले भने ।

डबल भन्दा त्रिपल टुईस्ट जाली मजबुत, बलियो तथा दिर्घ जीवनको हुने गिरीले बताए । त्रिपल टुईस्ट जाली डबल भन्दा केही बढी लागतको हुने उनले जानकारी दिए । गिरीका अनुसार, बजार मागलाई सम्बोधन गर्न र माग अनुसार सप्लाई गर्ने उद्देश्य अनुसार लुम्बिनी, कर्णाली र सुदुरपश्चिम् प्रदेशलाई लक्षित गरेर उद्योग संचालनमा ल्याइएको हो ।

उद्योगबाट हाल डबल तथा त्रिपल टुईस्ट ग्याबिन बक्स जाली र चेन लिंक जाली उत्पादन भैरहेको छ ।

उद्योगको दैनिक उत्पादन क्षमता ५ हजार स्क्वायर मिटर रहेको उद्योगका प्रबन्धक देवराज गिरीले बताए । उनका अनुसार, उद्योग एक बिगाहा क्षेत्रफलमा स्थापित छ । करीब १५ करोड लागतमा संचालित उक्त उद्योगमा ५० जना मजदुरले रोजगारी पाएका छन ।

  • १० फाल्गुन २०७८, मंगलवार १४:३३ प्रकाशित
  • Nabintech