सत्तारुढ दल नेकपा माओवादी केन्द्र समर्थित वाइसीएलले एमसीसीको विरोधमा संसद भवन नयाँ बानेश्वर अगाडि विरोध प्रदर्शन गरेको छ ।
माओवादी केन्द्रले एमसीसी टेबल गरे सरकार छाड्ने निर्णय गरेको केहीबेरमै वाइसीएलले एमसीसीको विरोधमा संसद भवन अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
एमसीसी खारेज गर, एमसीसी चाहिँदैन, राष्ट्रघाती सम्झौता खारेज गर लगायतका नारा लगाएका छन् ।
संसद भवन वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी, सशस्त्र प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको छ ।
४ फाल्गुन २०७८, बुधबार १२:२० प्रकाशित