नेपालगन्जबाट माओवादी केन्द्र समाजवादीका केन्द्रिय सदस्यसहित तीनजना प्रहरीको नियन्त्रणमा
  • काँचुली खबर

बाँकेको नेपालगन्जबाट बुधबार बिहान तीनजना बन्दकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जबर्जस्ति बन्द गराउदै हिडेको र सडकमा टायर बाल्न खोज्दै गरेको अवस्थामा नेपालगन्जको गणेशमान चोक नजिकबाट नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रिय सदस्य सलमान राई, जिल्ला अध्यक्ष अजित प्रसाद (भगत सिंह) र बिप्ल्लव नेतृत्वको नेकपाका कार्यकर्ता वसन्त खत्रीलाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधूसुदन न्यौपानेले जानकारी दिए ।

एमसिसीको बिरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका छन ।

  • ४ फाल्गुन २०७८, बुधबार ०८:४० प्रकाशित
  • Nabintech