बाँकेमा खाल्डोमा डुबेर एकजनाको मृत्यु भएको छ ।
जानकी गाउँपालिका-४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया छोरी सबिना साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२ फाल्गुन २०७८, सोमबार १३:४६ प्रकाशित