जनयुद्ध दिवसका अवसरमा ‘रक्तदान’
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले २७ औं जनयुद्ध दिवसका अवसरमा आयोजना गरेको बृहत्त रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको छ ।

कोहलपुर नगर पार्टीले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सदस्य तथा कोहलपुर नगर इन्चार्ज नरेन्द्र न्यौपानेले रक्तदान गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए । उनलाई नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र कोहलपुरका इन्चार्ज राजेन्द्र महतराले ब्लड व्याग दिएपछि कार्यक्रमको सुभारम्भ भएको थियो ।

रक्तदान कार्यक्रमा कोहलपुर नगरका १५ वटै वडाका नागरीकहरु स्वतस्फुर्त रुपमा सहभागि भएको माओवादी केन्द्र कोहलपुरले जनाएको छ ।

कोहलपुर नगर समितिका अध्यक्ष अवराज खड्काले जनयुद्धको स्मरण गर्दै माओवादी आन्दोलनमा ज्यान आहुती गर्ने महान् सहिद, घाईते, अपाङ र वेपत्ता भएकाहरुको योगदानको उच्च मुल्याङकन गर्दै उनीहरुको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । उनले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बाँके र रक्तदान गर्ने सवैलाई धन्यबाद ज्ञापन समेत गरेका छन् ।

कोहलपुर नगर पार्टीले आयोजना गरेको २७ औं जनयुद्ध दिवस मनाउने कार्यक्रमा कोहलपुर नगरका नेता कार्यकर्ताको उल्लेखनिय सहभागिता रहेको र २७ औं जनयुद्ध दिवस हर्षउल्लाषका साथ मनाएको माओवादीका युवा नेता नरेन्द्र न्यौपानेले बताए । सप्ताह व्यापी रुपमा २७ औं जनयुद्ध दिवस मनाउने उनले बताए ।

  • १ फाल्गुन २०७८, आईतवार २१:१५ प्रकाशित
  • Nabintech