८ पुस, नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण केन्द्र नेपालगन्जलाई बिहीवार एक ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघ बाँकेका अध्यक्ष मधुकुमारी खड्काको नेतृत्वमा गएको एक टोलीले विद्युत वितरण केन्द्र नेपालगन्जका प्रमुख इन्जिनियर दिवाकर प्याकुरेललाई उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश नेपालगन्ज वितरण केन्द्रले २०७८ मङ्सिर १६ गते एक सुचना प्रकाशित गरी खजुरा गाउँपालिका अन्तर्गतका १०५ जना उद्योगीहरुलाई बाँकी बक्यौता विद्युत महशुल बुझाउन भनि पठाएको पत्रका बारेमा विद्युतलाई ध्यानाकर्षण गराइएको अध्यक्ष खड्काले बताइन् ।
विद्युत प्राधिकरणबाट मिटर दर्ता गर्दा ‘औद्योगिक साना’ हुनु पर्नेमा कार्यालयको प्राविधिक कमजोरीका कारण ‘औद्योगिक ग्रामीण तथा घरेलु’ वर्गमा बिलिङ्ग हुन गई ती उद्योगीहरुको बिल रकम धेरै उठी बाँकी बक्यौता रकम देखिएकोले र उक्त रकम तिर्नका लागि विद्युत कार्यालयले पत्र लेखेको भन्दै उक्त बाँकी बक्यौता रकम छुट गराइदिनका लागि ध्यानाकर्षण गराइएको अध्यक्ष खड्काले बताइन् ।

८ पुष २०७८, बिहीबार २२:०६ प्रकाशित