सशस्त्र प्रहरीद्वारा ७ लाख बढीको लेडिज सुट बरामद
  • काँचुली खबर

सशस्त्र प्रहरीले पछिल्लो समयमा भारतबाट भन्सार छलि अबैध रुपमा नेपाल भित्र्याइएका विभिन्न सामानहरु बरामद गरिरहएको छ । अबैध सामानहरु समात्न सशस्त्र प्रहरी सक्रिय देखिएको छ ।
सशस्त्र प्रहरीले बिहिवार मात्र बाँकेको खजुराबाट ठूलो मात्रामा भारतको विभिन्न नाका हुँदै नेपाल भित्र्याइएका अबैध लेडिज सुट बरामद गरेको छ ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ सोनपुरस्थित सिमा नाका हुँदै अबैध रुपमा चोरी पैठारी गरी भारतबाट नेपालतर्फ ल्याउदै गरेको लाखौको लत्ताकपडा र उक्त सामान ल्याउन प्रयोग गरिएको मिनिट्रक बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण हे. क्वा. बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए ।

५ सय ९० पिस लेडिज सुट र सो सामान ल्याउन प्रयोग गरिएको भे १ च ११४९ नम्बर मिनिट्रक बरामद गरिएको उनले बताए । लेडिज सुटको अन्दाजी ७ लाख ८ हजार मूल्य र गाडीको १२ लाख मुल्य रहेको सशस्त्रले जनाएको छ ।
सशस्त्र प्रहरी नायब निरीक्षक भोपेन्द्र बहादुर रोकायाको कमान्डमा रहेको ७ जना प्रहरीको टोलीले उक्त सामान बरामद गरेको सशस्त्रले जनाएको छ ।
बरामद गरिएको सो सामान र गाडीलाई थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ ।

  • २ पुष २०७८, शुक्रबार ०९:१३ प्रकाशित
  • Nabintech