अबैध सालको गोलिया काठ बरामद
  • काँचुली खबर

डिभिजन बन कार्यालय बाँकेले शुक्रबार दिउँसो बाँकेको डुडुवा गाउँपालिका २ जफरपुरुवास्थित एक स्थानियको घरबाट अबैध सालको काठ (गोलिया) बरामद गरेको जनाएको छ ।
डुडुवा गाउँपालिका २ जफरपुरुवा बस्ने कमाल खाँको घरबाट ३१.६७ क्यु फिट बराबरको तीन थान सालको गोलिया काठ लुकाई छिपाई राखिएको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको नेपालगन्ज सब डिभिजन बन कार्यालयका प्रमुख बिरेन्द्र रोकाले जानकारी दिए ।

काठ बरामद गरिएपनि घरधनि खाँ घरमा नभएको हुनाले उनलाई पक्राउ गर्न नसकिएको रोकाले जानकारी दिए । बरामद गरिएको अन्दाजी १ लाख बराबर मूल्य रहेको उक्त गोलिया काठ थप अनुसन्धान र कारबाहीकालागि डिभिजन बन कार्यालयमा पठाइएको उनले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, झोरा सामुदायिक बन उपभोक्ता समुहका पदाधिकारी र डिभिजन बन कार्यालय बाँकेको संयुक्त टोलीले उक्त काठ बरामद गरेको हो ।

  • २५ मंसिर २०७८, शनिबार ०८:५८ प्रकाशित
  • Nabintech