माओवादी गौमुखीको अध्यक्षमा खत्री
  • काँचुली खबर

नेकपा माओवादी केन्द्र गौमुखी गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले चन्द्रबहादुर खत्रीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ ।
खत्रीको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिका समिती सर्वसम्मत निर्वाचित भएको माओवादी केन्द्र गौमुखी गाउँपालिका इन्चार्ज महावीर रानाले जानकारी दिए ।

समितिको उपाध्यक्षमा अर्जुन न्यौपाने, बैकुण्ठ केसी र गोवर्धन थापा सचिबमा रमेश रानामगर, सह-सचिबमा पुष्कर शर्मा र कोषाध्यक्षमा प्रेम सुनार चयन भएका छन ।
सम्मेलनमा सहिद परिवार र ज्येष्ठ कम्युनिस्ट आन्दोलनका अग्रजहरुलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, सम्मेलनकै अवसरमा एमाले र कांग्रेसका कार्यकर्ताहरु माओवादी प्रवेश गरेको इन्चार्ज महावीर रानाले जानकारी दिए ।
हरी केसीको नेतृत्वमा एमालेबाट र खगेश्वर गिरीको नेतृत्वमा काग्रेस पार्टी परित्याग गरेर ३१ जना माओवादीमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई माओवादी जिल्ला इन्चार्ज नारायण अधिकारीले स्वागत गरेका थिए ।

  • ११ मंसिर २०७८, शनिबार २१:१० प्रकाशित
  • Nabintech