नेकपा माओवादी केन्द्र जानकी गाउँपालिका बाँकेको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले पालिका अध्यक्षमा रक्षाराम बर्मालाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट बर्मासहित ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नबिन शर्माले जानकारी दिए ।
समितिको उपाध्यक्षमा जित शेष, रामप्रकाश दर्नाल र कृष्णकुमार शर्मा, सचिवमा नारायण गिरी, सह-सचिवमा पुष्पा खटिक र कोषाध्यक्षमा सबिता सुनार निर्वाचित भएका छन ।
सम्मेलनलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नबिन शर्मा, बिकास खड्का, वाइसिएल बाँके इन्चार्ज किस्मत अलि शेष (जित) लगायतले सम्बोधन गरेका थिए ।
११ मंसिर २०७८, शनिबार १८:३२ प्रकाशित