नेकपा माओवादी केन्द्रको आज देशैभर पालिकास्तरिय सम्मेलन सम्पन्न हुदैछन । सोही क्रममा बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको पनि सम्मेलन सुरु भएको छ ।
नेपालगन्जको सम्मेलनलाई प्रमुख अतिथि माओवादी केन्द्र केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज हकिउल्लाह खाँ ले एक कार्यक्रमबिच उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज उपमहानगरपालिकाका इन्चार्ज अकलबहादुर बम, प्रदेश सदस्य नवीन शर्मा, संबिधानसभा सदस्य तथा पुर्व केन्द्रिय सदस्य, अन्जना चौधरी, जिल्ला सचिवालय सदस्य दामोदर आचार्य, युवा नेता रतनबहादुर शाही, किसान अभियन्ता ताराप्रासाद खत्री, मजदुर नेता बसन्त मल्ल लगायतका नेताहरूको सम्बोधन गरेका छन ।
धर्म न्यौपानेले संचालन गरेको कार्यक्रम नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरका अध्यक्ष डिल्ली बराल (अमीर)को अध्यक्षता संचालन भैरहेको छ । उद्घाटन सत्र पश्चात् हुने बन्द सत्रले पालिकाको नयाँ नेतृत्व चयन गर्नेछ ।
११ मंसिर २०७८, शनिबार १५:३८ प्रकाशित