भारतका विभिन्न सहरमा बस सेवा संचालन गर्दै जनसम्पर्क टुर्स एण्ड ट्राभल्स
  • काँचुली खबर

जनसम्पर्क टुर्स एण्ड ट्राभल्स प्रालि कम्पनीले नेपालगन्जबाट भारतका विभिन्न सहरका लागि व्यवसायिक रुपमा यात्रुवाहक बस संचालन गर्ने भएको छ ।
कम्पनीको आज एक कार्यक्रमबिच नेपालगन्जमा कार्यालयको स्थापना गरिएको छ । नेपालगन्ज ४, बसपार्कको गेट अगाडी उक्त कम्पनीको कार्यालय संचालनमा ल्याइएको छ ।
नेपालगन्जबाट भारतका दिल्ली, चन्ढिगड, हरियाणा, हरिद्वार, देहरादुन, शिमला, ठियोग, रोहडु, कोटखाई, रामपुर, किनौर, कुल्लु, मनाली, लेह, लद्दाख लगायतका सहरहरुमा सिधै वस सेवा संचालन गरिएको कम्पनीका अध्यक्ष महेन्द्र प्रकाश चन्दले जानकारी दिए ।

यात्रुहरुलाई नेपालबाट भारतका विभिन्न स्थानमा पुर्‍याउन र उतावाट नेपाल ल्याउन सहज र सरल रुपले बिश्वासिलो ढंगले सुविधायुक्त साना ठुला गाडीहरुबाट सेवा दिइने उनले बताए । आफुहरुले अरु कम्पनी भन्दा फरक तरिकाले यात्रुलाई सुविधाजनक सेवा दिनका लागि बस सेवा संचालन गरेको उनले बताए ।
सरकारलाई कर तिरेर नेपाल सरकारसंग अनुमति लिएर कम्पनी संचालन गरेको भन्दै उनले यात्रुहरुलाई बिचौलिया र दलालबाट सचेत रहन आग्रह गरे । कम्पनीको परिचयपत्र भएका कर्मचारीको मात्र विश्वास गर्न उनले यात्रुहरुलाई अनुरोध गरे ।
बस सेवाका लागि नेपालमा ९८२२४६९६३४ र भारतमा ००९१९८०५६५२५०७ नम्बरमा सम्पर्क गर्न सकिने चन्दले जानकारी दिए ।
आजबाट संचालनमा ल्याइएको उक्त कम्पनीको प्रधान कार्यालयको उद्घाटन कार्यक्रमलाई नेकपा बाँकेका सेक्रेटरी अनिल क्षेत्री, अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेका अध्यक्ष वसन्त मल्ल, प्रेस सेन्टर लुम्बिनी प्रदेशका सचिब गजेन्द्र गुरुङ, अस्थायी प्रहरी पोष्ट बसपार्कका इन्चार्ज असई लखन चौधरी, यातायात व्यवसायी, होटेल व्यवसायी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

  • १० मंसिर २०७८, शुक्रबार १५:०० प्रकाशित
  • Nabintech