बाँकेका १८ सय बालबालिकाले लगाए फाइजर खोप
  • काँचुली खबर

जिल्ला स्वास्थ्य कार्यालय बाँकेले १२ देखि १७ बर्ष उमेर समुहका १ हजार ८ सय जना बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्राको फाइजर खोप लगाएको जनाएको छ ।
विभिन्न मितिमा १२ देखि १७ बर्ष उमेर समुहका दीर्घ रोगी र सामान्य अवस्थाका बाँकेका १ हजार ८ सय बालबालिकालाई पहिलो मात्राको कोरोना विरुद्धको फाइजर खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
पहिलो मात्रामा खोप लगाएका बालबालिकालाई मंसिर २७ गतेदेखि पुस २ गतेसम्म पुनः दोस्रो मात्राको खोप लगाइने श्रेष्ठले जानकारी दिए ।

  • ८ मंसिर २०७८, बुधबार २१:१८ प्रकाशित
  • Nabintech