बाँके प्रहरीले लागू औषध मुद्दाका एक फरार प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ ।
लागू औषध मुद्दामा कैद सजाय तोकिएर हालसम्म फरार रहेका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५, बिनौनाका ५० बर्षिय चक्रबहादुर थारुलाई आज पक्राउ गरेको प्रहरी जनाएको छ ।
थारुलाई बाँके जिल्ला अदालतले लागू औषध मुद्दामा २०७७ साल माघ २२ गते १० महिना ५ किन कैद सजाय र ५० हजार जरीवाना तोकेको थियो । उनि हालसम्म फरार रहदै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका थारुलाई आजै बाँके जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।
७ मंसिर २०७८, मंगलवार १८:२२ प्रकाशित