बाँकेबाट एमाले केन्द्रिय सदस्यमा विजया धितालको उम्मेदवारी घोषणा
  • काँचुली खबर

नेकपा एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा बाँकेबाट महिला नेतृ विजया धितालले केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छिन ।
विद्यार्थी राजनीति हुँदै नेकपा एमालेको राजनीतिमा क्रियाशिल महिला नेतृ विजया धितालले आसन्न १०औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्न गरेकी हुन ।
‘महिला पनि क्षमतावान छन । महिला भन्ने बित्तिकै क्षमता छैन भन्ने मान्छेको बुझाईलाई चिर्न बाँकेबाट मेरो उम्मेदवारी हो ।’ – उनले भनिन ‘क्षमता भएका महिलालाई पार्टीले उदारता देखाउनु पर्छ, उचित जिम्मेवारी दिनुपर्छ । महिलाको क्षमता र योग्यताको आधारमा अवसर दिएर व्यक्तित्व बिकास गर्दै राजनीतिको नेतृत्वमा ल्याउन जरुरी छ ।’
धिताल नेकपा एमालेको लुम्विनी प्रदेश कमिटीको सदस्य समेत हुन । करिब डेश दशक नेकपा एमाले बाँके जिल्ला कमिटीको सदस्यको रुपमा कार्यरत धितालले २०७० सालको संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका तत्कालिन सभापति सुशिल कोइरालासँग प्रतिष्पर्धा गरेकी थिइन ।
धिताल एमालेको ९औं महाधिवेशनमा समेत केन्द्रीय सदस्यका प्रबल दाबेदार रहेकी थिइन । तत्कालिन अवस्थामा केपी ओली पक्षमा क्रियाशिल धिताललाई माधव नेपाल पक्षबाट केन्द्रीय सदस्य उम्मेदवार बन्न आग्रह गरिएपनि उनले अस्वीकार गरेकी थिइन ।
धितालले सम्पुर्ण मतदाताहरुलाई आफ्नो अमुल्य मत दिएर आफुलाई बिजयी गराउन अनुरोध गरेकी छिन ।

  • ६ मंसिर २०७८, सोमबार १९:२४ प्रकाशित
  • Nabintech