फत्तेपुरमा नि:शुल्क स्वास्थ्य शिविर
  • काँचुली खबर

बाँकेको राप्तीसोनारी गाउँपालिका ६ (फत्तेपुर) मा नि:शुल्क स्वास्थ्य शिविर संञ्चालन गरिएको छ ।

असल छिमेकी सामुदायिक हस्पिटलले आयोजना गरेको स्वास्थ्य शिविरमा १ सय ७६ जनाले नि:शुल्क स्वास्थ्य उपचार सेवा पाएका छन ।

उपचारका लागी पुगेका स्थानीयहरुलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ्गमा कार्यरत नाक, कान, घाँटी रोग बिशेषज्ञ डाक्टर प्रकाश बसेल र भेरी अस्पताल नेपालगंजमा कार्यरत जनरल फिजिसियन डाक्टर सल्मान शेषले चेकजाँच गरी उपचार परामर्श दिएका थिए ।

  • ३ मंसिर २०७८, शुक्रबार १८:३९ प्रकाशित
  • Nabintech