नेकपा माओवादी केन्द्र निकट निर्माण मजदुरहरूको संगठन अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुर नगर समितिको अध्यक्षमा तेजराम थारु निर्वाचित भएका छन । आइतबार कोहलपुरमा सम्पन्न संघको दोस्रो नगर सम्मेलनबाट थारु सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।
सम्मेलनले थारुको अध्यक्षतामा १९ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा मनिसा थारु र राम कुमार हरिजन, सचिब किशन थारु, सह-सचिब कालिमैया थारु र कोषाध्यक्षमा राम प्रसाद थारु चयन भएका छन । त्यसैगरी, सदस्यहरुमा क्रमशः रतन थारु, नवीन थारु, कुले थापा, प्रेम कुमार थारु, राम सरोज थारु, यामलाल राना, हरिराम थारु, बादल थारु, जुहारी थारु, आसरानी थारु, पुरन थारु, लछ्मन थारु र फुलराम थारु रहेका छन ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा कोहलपुर नगर इन्चार्ज नरेन्द्र न्यौपानेले श्रमजिवी मजदुरहरु कम्युनिष्ट पार्टीको आधार स्तम्भ भएको बताए । उद्धघाटन सत्रमा बोल्दै उनले माओवादी पार्टीले नेपालमा मजदुरहरुको सेवा सुबिधा बृद्धिका लागि संगठित हुन र सघर्ष गर्न सिकाएको बताउँदै संगठिन आवाजले मात्रै मजदुरहरुको हित संरक्षण हुने बताए । उनले माओवादी पार्टी सरकारमा भएका बेला राज्यका तर्फबाट न्युनतम तलव तोकिएको र महिला र पुरुष मजदुरमा हुने बिभेद रोक्न ठोस निती बनाईएको जानकारी दिए । हाल पनि बिभिन्न क्षेत्रमा ठुलो संख्यामा असंगठित मजदुरहरु रहेको बताउदै संगठिन हुदै आफ्नो अघिकारका लागि सघर्ष गनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष एंव माओवादी केन्द्र कोहलपुरका सचिव दान बहादुर वलीले माओवादी आन्दोलनले मात्रै मजदुरहरुको हित गर्ने बताए । उनले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु पनि अनिवार्य संगठित हुनु पर्ने बताए ।
संघका निवर्तमान नगर अध्यक्ष सर्जु प्रसाद थारुको अध्यक्षतामा सम्पन्न सो सम्मेलनलाई अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेका अध्यक्ष वसन्त मल्ल र सचिब राजकुमार बिसी लगायतले सम्बोधन गरेका थिए ।
२८ कार्तिक २०७८, आईतवार १९:०१ प्रकाशित