अबैध रुपमा भन्सार छली ल्याएका कस्मेटिक सामान बरामद
  • काँचुली खबर

बाँके प्रहरीले नेपालगन्जबाट अबैध रुपमा भन्सार छली गरी ल्याएका कस्मेटिकका सामान बरामद गरेको जनाएको छ ।
भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरेका अन्दाजी ८७ हजार ६ सय पन्ध्र रुपैयाँ बराबरका कस्मेटिकका सामानहरु नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट बरामद गरेको हो । बरामद उक्त सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा दिनानु दिन जसो भारतबाट भन्सार छली गरी चोरी निकासी गरेर नेपाल ल्याउदै गरेका विभिन्न सामाग्रीहरु प्रहरीले बरामद गर्दै आएको छ । तर, बरामद गरेको उक्त सामाग्री कस्ले ल्याएको हो ? को सङ्ग बरामद गरेको हो ? बेवारिसे हो वा होइन ? सामान ल्याउने व्यक्ती पक्राउ परेकी परेनन ? त्यसबारेमा भने प्रहरीले बताउने गरेको छैन ।

  • २३ कार्तिक २०७८, मंगलवार १९:११ प्रकाशित
  • Nabintech