बाँके प्रशासनले तिहारको समयमा देउसी भैलो खेल्नेहरुका लागि समय सिमा निर्धारण गरेको छ । बुधबार जिल्ला प्रशासनले एक बिज्ञप्ती जारी गर्दै देउसी भैलो, नाचगान लगायतका कार्यक्रम गर्न राती ८ बजे सम्म मात्र पाइने उल्लेख गरेको छ ।
त्यसैगरी, मठ मन्दिर आदिमा भिडभाड नगर्ने, स्वास्थ्य मापदण्डको पुर्ण पालना गरेर पुजापाठ गर्ने । पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील एवं बिष्फोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्रीवितरण तथा प्रयोग गर्न नपाइने र मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला झै-झगडा जस्ता कार्य गर्न नपाउने प्रशासनले जनाएको छ ।
उल्लेखित कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने प्रशासनको बिज्ञप्तीमा जनाइएको छ ।
१८ कार्तिक २०७८, बिहीबार १७:०६ प्रकाशित