बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी दुई बर्षपछि प्रहरीको फन्दामा
  • काँचुली खबर

बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतले कैद सजाय तोकेका एक व्यक्तिलाई बाँके प्रहरीले झन्डै दुई बर्षपछि पक्राउ गरेको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ३, मनकामनाका २३ बर्षिय सुमन विश्वकर्मालाई प्रहरीले सोमबार पक्राउ गरेको जनाएको छ । विश्वकर्मालाई २०७६ मंसिर ३ गते बाँके जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्दामा ५ महिना ६ दिन कैद सजायको फैसला गरेको थियो ।
अदालतको फैसला पश्चात् फरार रहदै आएका उनलाई आज पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

  • १५ कार्तिक २०७८, सोमबार ११:३८ प्रकाशित
  • Nabintech