बुटवलको मोतिपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।
औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा जग्गा कब्जा गर्ने खोज्ने र प्रहरीबीच झडप भएको हो । करीब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापा घटनास्थलतर्फ पुग्दै गरेको बताएका छन् । कति राउण्ड गोली चलाएको, मानिसहरू घाइते भएको, नभएको भन्ने खुलेको छैन ।
२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो । बुटवल उप-महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति छ ।
२०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । केही महिना अगाडि औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो ।
२४ आश्विन २०७८, आईतवार १४:५१ प्रकाशित