संविधान जारी भएको दिनलाई स्मरण गर्दै कोहलपुर विद्युतरोडमा दिप प्रज्वलन गरिएको छ । स्वतःस्फुर्त रुपमा भेला भएका युवाहरुले लामो समयको प्रतिक्षा र बलिदानी पश्चात नेपालीहरुले उत्कृष्ठ संविधान अपनत्व गर्न पाएको दिनको स्मरणमा दिप प्रज्वलन गरेको बताएका छन् ।
२०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएको ऐतिहकासिक दिनलाई स्मरण गर्दै र नेपाली जनताले लामो समयसम्म गरेको त्याग बलिदानी र सयौं शहिदहरुको सपना साकार भएको दिनको अवशरमा दिप प्रज्वलन गरेर खुशीयाली मनाउने परम्परा अनुसार विद्युतरोडमा स्थानिय युवाहरुले स्वतःस्फुर्त रुपमा दिप प्रज्वलन गरेको कोहलपुर विद्युतरोडका व्यवसायी युवा सोभन हमालले बताए ।
दिप प्रज्वलन कार्यक्रममा स्थानिय युवा, बटुवा लगाएत विभिन्न क्षेत्रसँग सम्बन्धित अगुवा युवाहरुको सहभागिता रहेको थियो ।
३ आश्विन २०७८, आईतवार २०:०८ प्रकाशित