नेपालगञ्जको राँझा एयरपोर्टबाट ४.२१ केजी सुन सहित पक्राउ परेका २ जना ब्यक्तिलाई थप अनुसन्धानकालागि काठमाण्डौं लगिएको छ । सुन सहित पक्राउ परेका उनिहरुलाई २ हप्ता पछि हिजो बिहिबार साँझ काठमाण्डौं लगिएको हो ।
पक्राउ पछि कोहलपुरस्थित राजश्व कार्यालयको नियन्त्रणमा रहेका पूर्वी नेपालका २८ वर्षिय बुद्दिमान खाती र झापा खुदुनावारीका अमिर लगुन (वि.क.) लाई काठमाडौं लगिएको हो । बाँके प्रहरीले सुनसहित पक्राउ परेका दुबैलाई थप अनुसन्धानकालागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरलाई बुझाएको थियो । कोहलपुरबाट उनिहरुलाई काठमाण्डौं पठाइएको हो ।
सुन तस्करी घटनामा काठमाडौं-नेपालगञ्जको सिधा कनेक्सन देखिएको छ । काठमाडौंको मैतीदेवी स्थित बुद्ध ज्वलर्सबाट त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलको अति सम्वेदनशिल सुरक्षा चेक पोष्ट छिचोल्दै नेपालगञ्ज एयरपोर्ट भएर तस्करी गर्ने गरिएको सुन काण्डको काठमाडौँ भ्यालीमा रहेको उपत्यका प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा एक उच्च स्तरीय समिति गठन गरेर छानवीन तथा अनुसन्धान जारी राखेको छ ।
राँझाबाट ४ किलो सुनसहित २ जना पक्राउ
अनुसन्धानको क्रममा विगत केही समय देखी ठुलो परिमाणमा तस्करीको सुन काठमाडौंबाट प्लेन मार्फत नेपालगञ्जतर्फ आईरहेको खुलेको अनुसन्धमानमा खटिएका प्रहरीले अधिकृतले जनाएका छन । नेपालगञ्जको त्रिवेणी मोड स्थित नेपाल ज्वलर्सका अनिस जसगढ, सन्जिवको सन्जिव ज्वलर्स र न्यूरोड स्थित जमिल जसगढको न्यू नेपाल ज्वलर्सले काठमाडौंको मैतीदेवी स्थित बुद्ध ज्वलर्सबाट निरन्तर रुपमा अवैध सुन तस्करी मार्फत आयत गरिरहेको अनुसन्धानको क्रममा पाइएको र विगतमा अन्य ब्यक्ती तथा फर्महरुले पनि अवैध सुन खरिद गरेको अनुसन्धानको क्रममा खुलेको छ ।
स्मरण रहोस नेपालमा सुन खरिद गर्दा नेपाल राष्ट्र बैंकले नेपालको ब्यापार घाटा समेतलाई मध्यनजर गर्दै विदेशबाट आयत गर्दछ । उक्त आयत गरिएको सुन नेपालमा सुनको कारोबार गर्ने सूचिकृत वैकहरू मार्फत सम्बन्धीत जिल्लाको आधिकारीक सुन-चाँदी ब्यवसायी संघको सिफारीसमा हप्तामा १ पटक १ केजी ब्यापारीले खरिद गरी उक्त खरिद गरिएको सुन संघका सदस्यहरूलाई विक्री गर्नु पर्ने ब्यवस्था छ ।
बैक मार्फत खरीद गरिएको उक्त सुनको खरिदकर्ताले सम्बन्धीत बैंकलाई फर्म र प्रोपाइटर र फर्मको नाम, विल नम्बर सहित विस्तृत विवरण बुझाएपछी मात्र अर्को पटक उक्त बैंकले राष्ट्र बैक मार्फत सुन खरिद गरि ब्यापारीलाई उपलब्ध गराउन सक्ने ब्यवस्था रहेको छ ।
‘१० मिनेट अघिको सुराकले बिमानस्थलमा सुन भेटियो’
१ आश्विन २०७८, शुक्रबार १३:४० प्रकाशित