सेयर बजार परिसूचक नेप्से झिनो अंकले वृद्धि भएर २९ सय ४७ विन्दुमा अड्डिएको छ । गत आइतबार एकै दिन अधिकतम ७१.४३ अंकले बढेर २९ सय ४७.४२ विन्दुमा रोकिएको नेप्से सोमबार ०.२७ अंकले बढेर २९ सय ४७.६९ विन्दुमा पुगेको हो ।
यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.५५ अंकले बढेर ५४८.८७ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ०.२७ अंकले बढेको बजारमा ९ अर्ब माथिको कारोबार भएको छ । कुल २२६ कम्पनीका १ करोड ५६ लाख कित्ता माथिको सेयर ९३ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा ९ अर्ब २९ करोडको कारोबार भएको हो ।
यस दिन बैंकिङ, ट्रेडिङ, होटल तथा टुरिजम, डेभलपमेन्ट बैंक, फाइनान्स, नन्लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स समूहबाहेक अरु समूह तथा उप समूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् ।
यस दिन सबै भन्दा बढी अजोड इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा बढी (१० प्रतिशत) ले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा कालिका पावर कम्पनी रहेको छ । पावर कम्पनीका लगानीकर्ताहरूले आज ६.४७ प्रतिशतले गुमाएका छन् ।
२८ भाद्र २०७८, सोमबार १५:५७ प्रकाशित