बुधबार बिहानै बाँके बर्दियाको सिमा क्षेत्रमा रहेको मान खोलाले बगाउदा वेपत्ता भएका बाँकेको खजुरा गाउपालिका-७ का ५५ वर्षिय विक्रम राईको बिहिबार दिउँसो शव फेला परेको छ ।
डुबेको स्थानबाट २० मिटर उत्तर तर्फ पानिमा डुबेको अवस्थामा उनको शव फेला परेको बाँके प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बुधबार बिहान नजिकैको जंगलबाट दाउरा ल्याउने क्रममा १० बजे उनलाई मान खोलाले बगाएको थियो ।
तर, बुधबार नै राप्ति नदिमा बगेर बेपत्ता भएका नेपालगञ्ज-१० भृकुटी नगरका सरोज चन्दको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । चन्द आफन्तको अस्तु बगाउन राप्ति नदिमा गएको बेलामा राप्ती नदीको सिद्धनियाँ घाटको राप्ती पुल नजिकै नदिमा डुबेर बेपत्ता भएका थिए ।
चन्द बुधबार बिहान साढे ११ बजे नदीमा डुबेका थिए । नदीको पानी धमिलो हुनुको साथै पानीको बहाव पनि तेज भएको कारण खोजीमा समस्या भएको बाँके प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको तालिम प्राप्त गोताखोरले खोजि गर्दा समेत चन्दलाई फेला पार्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
मलामी गएका चन्द राप्तीमा डुबेर वेपत्ता
२४ भाद्र २०७८, बिहीबार १९:५० प्रकाशित