बाँके प्रहरीले नेपालगन्जको राँझा विमानस्थलबाट ४ किलो सुन सहित २ जना पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार दिउसो सवा ३ बजे श्री एयरको विमानबाट काठमाण्डौं देखि आएका झापाका अमिर लगुन विश्वकर्मा र मोरंगका वुद्धिमान खाती अन्दाजी ४ किलो ढाई तोला सुन सहित पक्राउ परेका हुन ।
पक्राउ गरिएको सुनको अहिले नेपालगन्ज विमानस्थलमा मुचुल्का तयार गरिसकीएको र अहिले पौने ८ बजे जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव प्रहरी उपरिक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।
१८ भाद्र २०७८, शुक्रबार १९:२९ प्रकाशित