प्राकृतिक कुचिकारको उपमा पाएको गिद्ध पन्छि प्रजाती अन्तर्गत पर्दछ । आजभन्दा २० वर्ष पहिले विश्वका अधिकाशं देशमा पाईने यो पन्छि पछिल्लो केही दशक यता विश्वबाटै लोप हुने अवस्थामा पुगेको छ । छोटो समयमै ठुलो मात्रामा गिद्धको सँख्यामा कमि आएपछि विश्वमै यसलाई लोपउन्मुख प्रजातीका रुपमा सुचिकृत गर्दै संरक्षणका प्रयासहरु भईरहेका छन । जसअन्तर्गत हरेक वर्ष विश्वभर अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस मनाउने गरीन्छ ।
नेपालमा समेत गिद्ध संरक्षणकालागि विभिन्न प्रयासहरु हुँदै आएका छन । यद्यपी लामो समयको प्रयासका वावजुत अझैं पनि नेपालमा गिद्ध देखिनु दुर्लभ जस्तै बनेको छ । गिद्ध संरक्षणकालागि विभिन्न गतिविधि संचालन गर्दै आएका सरकारी तथा गैरसरकारी संघसंस्थासँग अझैं पनि प्रयाप्त मात्रामा गिद्ध सम्बन्धि तथ्याङ्क नहुनुले पनि गिद्ध संरक्षणमा समस्या देखिदैं आएको छ ।
विसं. २०४७ साल पहिले नेपालमा ५ लाखको हाराहारीमा गिद्धको सँख्या रहेको देखिएपनि अहिले त्यो सँख्या घटेर २० हजार पुगेको नेपाल पंछि संरक्षण संघका योजना अधिकृत भुपाल नेपाली बताउँछन । लामो समयदेखी पछिं संरक्षणको क्षेत्रमा काम गर्दै आएका नेपालीले देशब्यापी रुपमा हाईवे रुटका आधारमा गिद्धको सँख्या अनुमान गरीएपनि एकिन तथ्याङ्क अहिलेसम्म संकलन हुन नसकेको बताए ।
जुनोटीक रोगहरुमा जलवायु परिवर्तनको प्रभाव
१३औं अन्तराष्ट्रिय गित संरक्षण दिवसका अवसरमा बिहिबार बाँकेको कोहलपुरमा आयोजित सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालीले कुनै समय गिद्धको हवका रुपमा रहेको बाँकेमा अहिले गिद्धको सँख्या नगन्य मात्रामा रहेको बताए । वर्षमा एउटा मात्र अण्डा पार्ने गिद्धको प्रजनन् दरभन्दा मृत्युदर अत्याधिक रहेकाले यसको सँख्या तिब्र गतिले घटिरहेको बताउँदै गिद्धको प्रमुख आहारा (सिनो)मा प्रयोग हुने विभिन्न विषाक्त औषधिका कारण विश्वभर वर्षेनी लाखौं गिद्धले अनाहकमा ज्यान गुमाउने गरेको नेपालीले प्रष्ट पारे ।
विशेषगरी पशुको उपचारमा प्रयोग गरीने डाईक्लोफेनेक औषधिको प्रयोग गिद्ध संरक्षणकालागि चुनौतिको विषय भएको बताउँदै नेपालीले नेपाल सरकार औषधि ब्यवस्था विभागले २०६३ जेष्ट २३ गतेदेखी लागु हुने गरी डाईक्लोफेनेकको उत्पादन, बिक्रि बितरण र आयातमा पूर्ण रुपमा बन्देज गरेको जानकारी दिए । उक्त औषधिको सट्टा मेलोक्सिक्याम औषधिको प्रयोग गर्न सिफारीस गरीएको भएपनि अझैं लुकिछिपी डाईक्लोफेनेक औषधिको प्रयोग गर्ने क्रम नरोकीएकाले गिद्ध संरक्षणमा चुनौती थपिएको नेपालीले बताए ।
नेपालीका अनुसार नेपालमा डगर गिद्ध १००० देखि २०००, सानो खैरो गिद्ध ५० देखि ७५, सुन गिद्ध २०० देखि ४००, सेतो गिद्धि ३०० देखि १००० र हिमाली गिद्ध १० हजार बढि, राज गिद्ध ६० देखि १०० र हाडफोर गिद्ध ५०० को सँख्यामा रहेको अनुमान गरीएको छ ।
घाईते गिद्ध आफै प्रहरी कार्यालयमा पुगेपछि….
कार्यक्रमका प्रमुख अतिथि तथा बाँके राष्ट्रिय निकुञ्जका सहायक डिभिजन अधिकृत महेश बस्नेतले नेपालले गिद्ध संरक्षणको क्षेत्रमा ठुलो योगदान पुर्याउँदै आएको बताए । नेपालमा हाडफोर, सेतो, डंगर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी ९ प्रजातिका गिद्ध पाईनेमा अधिकाशं गिद्ध अति सङ्कटापन्न अवस्थामा पुगेको बताए ।
प्राकृतिक कुचिकार गिद्धको नेपालमा आफ्नै धार्मिक, सांस्कृतिक र वातावरणीय महत्व रहेको बताउँदै बस्नेतले हिन्दू धर्म अनुसार रामायणमा रावणले सीतालाई हरण गर्दा अन्तिम साससम्म लडेको ‘जटायु’ एक गिद्ध नै भएको प्रशंग सुनाए । नेपालका हिमाली भेगमा अझैंपनि मान्छे मरेपछि लाशलाई काटेर टुक्रा बनाई गिद्धलाई खुवाउने प्रचलन रहेकाले यसलाई धर्मसँग जोडेर हेर्ने गरीएको बस्नेतले बताए ।
कार्यक्रममा सहभागी विभिन्न वक्ताहरुले गिद्ध संरक्षणकालागि जनस्तरसम्म सचेतना फैलाउनुपर्नेमा जोड दिएका थिए । गिद्धको सँख्या, पर्यावरणीय अवस्था, गिद्धले पर्यावरणमा खेल्ने भुमिकाका बारेमा जनस्तरसम्म सचेतना फैलाउन सके मात्र गिद्ध संरक्षणमा सफलता मिल्ने बताउँदै उनिहरुले गिद्ध संरक्षण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । नेपाल पछिं संरक्षण संघको सहयोग तथा बाँके राष्ट्रिय निकुञ्ज र ईन्डुडेक बाँकेको समन्वयमा प्रतिबोध एफएमले संचालन गरेको अन्तरक्रिया कार्यक्रममा दलित सेवा संघका केन्द्रिय अध्यक्ष ईश्वरी विक, सव डिभिजन बन कार्यालय कोहलपुरका प्रमुख मान बहादुर थापा, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा लगाएको उपस्थिती रहेको थियो ।
https://kanchulikhabar.com/news/31897
१८ भाद्र २०७८, शुक्रबार ०८:१५ प्रकाशित