हजारलाई छोटकरीमा ‘K’ किन लेखिन्छ ? यस्तो छ कारण
  • काँचुली खबर

के तपाइँले कहिले सोच्नुभएको छ किन हामी अँग्रेजीमा हजार अर्थात थाउजेन्डलाई छोटकरीमा ‘K’ संकेतले गर्छौं ? जस्तै १० हजार लेख्नुपर्यो हामी १०K लेख्छौँ । तर हामी किन १०T लेख्दैनौँ ? आखिर यो के शब्द कहाँबाट आयो र यसको मतलब के हो ?

विश्वभर अहिले कुनै पनि शब्द छोटकरीमा लेख्ने प्रचलन बढ्दै गएको छ। प्रायः मानिसले अहिले संख्यालाई छोटकरीमा लेख्न थालेका छन्।

यदि कसैलाई १० हजार वा १० मिलियन लेख्नुपर्यो भने उनीहरु १०K र १०M लेख्न मन पराउँछन् । तर, प्रश्न यहाँ उठ्छ कि यदि मिलियनलाई M ले संकेत गर्ने हो भने हजारलाई T ले किन संकेत नगर्ने ? यस्तो छ रोचक तथ्य ।

यो ‘K’ शब्दको प्रचलन ग्रिक वर्ड ‘Chilioi’ बाट सुरु भएको हो । यसको मतलब हजार हुन्छ । पहिला ग्रिकमा हजारका लागि यसको प्रयोग हुन्थ्यो । बाइबलमा पनि यसको बयान गरिएको छ ।

ग्रिकपछि फ्रेन्चमा यो शब्दको प्रयोग हुन थाल्यो । जुन पछि गएर किलो बनाइयो । त्यसपछि किलोको प्रयोग हजारसँग जोडेर गर्न थालियो । त्यसैले कुनै पनि चिजलाई हजारले गुणा गर्नुपर्दा त्यहाँ किलोको प्रयोग गर्न थालियो । जस्तै, १ हजार ग्रामलाई १ किलो, १ हजार मिटरलाई १ किलोमिटर, १ हजार लिटरलाई १ किलोलिटर आदि । अर्थात १ हजारका लागि किलोको प्रयोग हुन थाल्यो ।

यही कारण किलो नै हजारको प्रतीक बन्यो अनि किलोलाई के लेख्न थालियो । यही कारण जब हामी १० हजार छोटकरीमा लेख्दा १०K र ५० हजार लेख्दा ५०K लेख्छौँ ।

एजेन्सीको सहयोगमा

  • १६ भाद्र २०७८, बुधबार १४:४६ प्रकाशित
  • Nabintech