एकैदिन ५६ अंकले घट्यो नेप्से परिसूचक
  • काँचुली खबर

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५६ अंक बढीले गिरावट आएको छ । गत हप्ताको बिहीबारदेखि एकैचोटी चार दिन पछि मंगलबार मात्र खुलेको बजारमा एकैदिन ५६.०३ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्ज-नेप्सेका अनुसार आज नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३ हजार १२४.८७ विन्दुमा झरेको हो । त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १२.८१ अंकले घटेर ५७७.६६ विन्दुमा झरेको नेप्सेले जनाएको छ ।

चार दिन पछि एकैपटक मंगलबार खुलेको बजारमा हाइड्रोपावर समूहको सूचकमा सबैभन्दा बढी ६.२१ प्रतिशतले गिरावट आएको छ । यस्तै, विकास बैंक, होटल तथा पर्यटन, बैंकिङ्ग, ट्रेडिङ्ग, जीवन बीमा, माइक्रोफाइनान्स लगायतका उपसमूहले गुमाएका छन् ।

यद्यपि, ५६ अंकमाथिले गुमेको बजारमा कारोबार रकम भने १६ अर्ब बढी भएको छ । नेप्सेका अनुसार आज कुल २२५ कम्पनीका २ करोड ५३ लाख कित्ता माथिको सेयर बजारमा १ लाख ५६ हजार ९१३ पटक किनबेच हुँदा १६ अर्ब १२ करोड ४४ लाखको कारोबार भएको छ ।

  • ८ भाद्र २०७८, मंगलवार १६:२५ प्रकाशित
  • Nabintech