पछिल्लो २४ घण्टामा बाँकेका ३१ सहित ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका ३ वटा प्रयोगशालामा २५९ जनाको पिसिआर परिक्षण गरीएकोमा ६० जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।
ओलीका अनुसार बाँकेका १५ महिला र १६ पुरुषसहित ३१ जना, बर्दियाका १४, दाङका ३ जना र अन्य जिल्लाका १२ जना गरि जम्मा ६० जनामा कोभिड संक्रमण पुष्टि भएको हो । जनामध्ये ५ जना १८ वर्ष मुनिका बालवालिका रहेका छन ।
यसैबिच बिहिबार बाँकेबाट कोरोना संक्रमणमुक्त हुँदै १५ जना डिस्चार्ज भएका छन ।
३ भाद्र २०७८, बिहीबार १४:२० प्रकाशित