शम्शेरगञ्जमा ‘स्पेसल कलेक्सन’ संचालन
  • काँचुली खबर

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगंजमा शुक्रबार देखि स्पेसल कलेक्सन संचालनमा आएको छ । कलेक्सनको राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले एक कार्यक्रमका बिच उद्घाटन गरेका छ्न ।

अध्यक्ष ढुंगानाले कलेक्सन संचालनले राप्तीसोनारीको उद्योग वाणिज्य क्षेत्रमा थप आयाम थपेको बताए । युवा व्यवसायी कमल केसीले करिब ३५ लाखको लागतमा कलेक्सन संचालनमा ल्याएका हुन । पछिल्लो समयमा ग्राहकको मागलाई मध्यनजर गर्दै सुविधा युक्ति कलेक्सन संचालनमा ल्याइएको संचालकले केसीले बताए ।

‘हामीले कोहलपुर, नेपालगन्जकै रेटमा ब्रान्डेट लेडिज तथा जेन्स आइटम जुत्ता, थान कपडा, रेडिमेड कपडा उपलब्ध गराउँछौ’ केसीले भने ‘पसल उद्घाटनको अवसरमा विशेष छुटको समेत व्यवस्था रहेको छ ।’

  • २९ श्रावण २०७८, शुक्रबार १४:५८ प्रकाशित
  • Nabintech