पश्चिम नेपालको प्रवेशद्धार कोहलपुर चौराहमा रहेको स्तम्भ भत्कीन थालेको छ । निर्माणको २ वर्षमै चौराहमा रहेको स्तम्भमा लगाईएको टाईल खस्न थालेका हुन । २०७६ जेठ २० गते तत्कालिन संघिय सरकारका शहरी विकास मन्त्री ईश्तियाक मोहम्मद राईले तामझामका साथ उक्त स्तम्भ सहितको पार्कको उद्घाटन गरेका थिए ।
तर उद्घाटन भएको २ वर्षमै उक्त स्तम्भ कुरुप देखिन थालेको छ । साढे तीन दशकपछि रूप फेरेको कोहलपुर चौराह र त्यससँगै निर्माण गरीएको बाघ अंकित स्तम्भको काम गुणस्तरहीन देखिएको छ ।
कोहलपुर नगरपालिकासँगको सहकार्यमा सिद्धार्थ हस्पिटालिटी ग्रुपले निर्माण गरेको उक्त स्तम्भ सहितको पार्क अहिले संरक्षण्को अभावमा कुरूप बन्दै गएको छ । संरक्षक र मर्मतको जिम्मेवारी लिएको सिद्धार्थ ग्रुप कुरुप बन्दै गएको स्तम्भको मर्मतमा चासो नदिएपछि कुरुप बन्न थालेको स्थानियहरुबताउँछन ।
५० लाख लागतमा निर्माण गरीएको उक्त पार्क सिद्धार्थ ग्रुपले १५ वर्षसम्मकालागि रेखदेखको सम्पुर्ण जिम्मेवारी पाएको थियो । तर दुई वर्षमै पार्कर स्तम्भ कुरुप बन्दा समेत रेखदेखको जिम्मेवारी पाएको सिद्धार्थ ग्रुपले कुनैचासो देखाएको छैन ।
१७ हजार ५ सय वर्ग फिटमा फैलिएको कोहलपुर चौराहको पार्कमा हाईमस्त लाइटिङसहित पानीको फोहरा र विश्रामस्थल निर्माण गरीएको छ । यद्यपी उक्त पार्कमा स्थानियहरुलाई जान बन्देज गरीदै आएको एक स्थानिय बताउँछन ।
यसअघि पार्कसँगै रहेको स्तम्भमा राखीएको बाघको प्रतिमा सानो भएको भन्दै बिरोध भएको थियो । बाघको प्रतीमा सानो हुँदा बिरालो जस्तो देखिएको भन्दै ब्यापक टिप्पणी भएको थियो ।
कोहलपुरमा ‘बिरोलो’ आतङ्क !
२८ श्रावण २०७८, बिहीबार १२:४५ प्रकाशित