घरमा राखिएको पानी ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । कोहलपुर ११ का ओमप्रकाश शर्माकी ४ वर्षिय छोरी रिना शर्माको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको हो ।
बसन्ती अधिकारीको बन्दै गरेको घरको पानी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बालिकाको शव पोष्टमार्टमका लागि नेपालगंज मेडिकल कलेज कोहलपुरमा राखिएको छ ।
२५ श्रावण २०७८, सोमबार १७:२३ प्रकाशित