हालसम्मकै उच्च बिन्दुमा नेप्से परिसूचक
  • काँचुली खबर

मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज (मंगलबार) नेप्से परिसूचक २६.०२ अंकले बढेर अधिकतम ३ हजार १११.०९ बिन्दुमा पुगेको हो ।

जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि नेप्से परिसूचक करिब एक महिना अघि मात्र ३ हजार एक सय क्रस गरेको थियो ।

यस दिन बजार खुलेको केहीँ समय भित्रै ३१ सय क्रस गरेको नेप्सेले सो गतिलाई बजार बन्द हुने अन्तिम समय निरन्तता दिँदै ३१ सय ११ विन्दु माथिको स्थान कायम गर्न सफल भएको हो ।

यस दिन कुल साढे ११ अर्ब माथिको कारोबार हुँदा दुई वटा कम्पनी पाँचथर पावर कम्पनी लिमिटेड र रुरु पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जीवन विकास लघुवित्त, युनियन लाइफ जीवन बीमा, घलेम्दी हाइड्रो पावर र लिबर्टी इनर्जी कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत माथिले वृद्धि भएको छ ।

  • १९ श्रावण २०७८, मंगलवार १७:२६ प्रकाशित
  • Nabintech