विद्युत प्राधिकरणमा कुलमानको पुनरागमन हुँदै
  • काँचुली खबर

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् ।
कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् । तर प्रधानमन्त्री देउवाले नमागेको कारण राजीनामा नदिने निकटवर्तीहरुसँग बताएका छन् ।
प्रधानमन्त्रीको निजी सचिवालयले भने शाक्य हटेपछि कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिइसकेको बताएको छ ।

राजिनामा दिन शाक्यलाई मन्त्री भुषालको निर्देशन

  • १९ श्रावण २०७८, मंगलवार १६:५९ प्रकाशित
  • Nabintech