हेभी ईक्विपमेन्ट ब्यवसायीलाई खोप ब्यवस्था गर्न माग
  • काँचुली खबर

कोरोनाकालमा शव ब्यवस्थापनमा महत्वपूर्ण भुमिका खेलेका हेभी ईक्विपमेन्ट ब्यवसायीहरुलाई कोरोना बिरुद्धको खोप ब्यवस्था गर्न माग गरीएको छ । हेभी ईक्विपमेन्ट ब्यवसायी संघ बाँकेले प्रमुख जिल्ला अधिकारीलाई भेटी तत्काल आफ्ना ब्यवसायीहरुलाई खोपको ब्यवस्था गर्न माग गरेको हो ।

बुधबार संघका जिल्ला अध्यक्ष चक्रपाणी शर्मा नेतृत्वको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई भेटी मात्रपत्र बुझाएका हुन । कोरोनाकालमा कोरोना संक्रमणबाट ज्यान गुमाएका संक्रमितहरुको शव ब्यवस्थापन, भौतीक संरचना निर्माण तथा विभिन्न आपतकालीन अवस्थामा उद्धारमा खटीएका हेभी ईक्विपमेन्ट ब्यवसायीहरुलाई राज्यले कोरोना खोपमा उपेक्षा गरेको अध्यक्ष शर्माले बताए । उनले स्वास्थ्यकर्मी, प्रहरी र सफाई कर्मचारीसँगै हेभी ईक्विपमेन्ट ब्यवसायीहरु पनि पनि फ्रन्ट लाईनरका रुपमा क्रियाशिल रहेकाले खोपको हकदार भएको दावी गरे ।

मामगपत्र बुझाउँदै शर्माले राज्यलाई आवश्यकता महशुस भएको खण्डमा जुनसुकै परीस्थितीमा पनि आफुहरु संस्थागत रुपमा सेवा प्रवाह गर्न तयार रहेको बताएका थिए ।

माग पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले तत्काल खोपको ब्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए ।

  • १४ श्रावण २०७८, बिहीबार १८:५० प्रकाशित
  • Nabintech