६ महिना अघि कोहलपुरबाट हराएका ३ बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. ४ का ७ देखि ९ वर्षका २ बालक र १ बालिका भारतको बरेली स्थित एक बालगृहमा भेटिएको र उनिहरुको उद्धार गरि कोहलपुर ल्याईपुर्याईएको कोहलपुर वडा नं. ४ का वडा अध्यक्ष तिरथ राम थारुले जानकारी दिए ।
वडा अध्यक्ष थारु लागतयतको टोलिले बरेलीबाट उद्धार गरि प्रबासी मित्र मञ्चको सहयोगमा पन्देही हुँदै सोमबार बिहान उनिहरुलाई कोहलपुर ल्याई पुर्याईएको हो । तिनै जना बालवालिकाहरुलाई कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको रोहवरमा आफन्तको जिम्मा लगाईएको वडाध्उयक्ष थारुले जानकारी दिए ।
कसरी पुगे ति बालबालिका भारत
वडाध्यक्ष थारु र उद्धार गरिएका दुई बालक ।
उद्धारका लागी भारतको बरेली पुगेर फर्किएका कोहलपुर वडा नं. ४ का वडा अध्यक्ष तिरथराम थारुका अनुसार ६ महिना अघि कोहलपुरबाट हराएका ति बालबालिकाहरु एक भारतिय ट्रकमा बरेली पुगेका हुन । बरेली बजारको २/३ किलोमिटर यतै भारतीय ट्रकले ति बालबालिकालाई ट्रकबाट झारिदिएको थियो ।
ट्रकले झारिदिएपछि अलपत्र अवस्थामा सडकमा हिडीरहेका उनिहरुलाई भारतिय प्रहरीले उद्धार गरेर एक स्थानिय संरक्षण संस्थाको जिम्मा लगाएको थियो ।
वडा अध्यक्ष थारुका अनुसार कैलाली पुर्नवास घर भई हाल बरेलीमा बस्ने एक नेपालीले स्थानिय समाचार हेरेपछि ५ नेपाली बच्चा बरेली बालगृहमा रहेको थाहा पाएका थिए । ति नेपालीले आफुले चिनेका बैतडीका जनप्रतिनिधी मार्फत कोहलपुर नगरपालिका वडा नं. ४ का अध्यक्ष तिरथ थारुलाई बच्चाको फोटो सहितको सूचना पाठाएका थिए । सोहि सूचनाको आधारमा वडा अध्यक्ष थारु भारतको बरेली पुगेर बाल बच्चालाई भेट्नुका साथै नेपाल ल्याउनका लागि पहल सुरु गरेका थिए ।
उद्धार गरिएका एक बालकले कोहलपुर ४ बेलनपुरबाट आफुहरु खेल्दै कोहलपुर चौराहा पुगेको र त्यही भेटिएका एक व्यक्तिले घुम्न जाउ भन्दै रुपैडिहा हुदै बरेली पुर्याएर भागेको बताए । कोहलपुर ४ का दुई दाजु भाई र यस अघि कोहलपुर ४ र हाल कोहलपुर बसपार्क बस्ने एक बालिका कोहलपुर चौराहामा भेट भएका थिए । तिन बालबालिकालाई पुन थरका एक व्यक्तिले भारत पुर्याएको खुल्न आएको छ ।
११ श्रावण २०७८, सोमबार १५:२५ प्रकाशित