नेपालगन्ज एयरपोर्टको पार्किङमा ‘दादागिरी’
  • काँचुली खबर

राँझा विमानस्थलको पार्किङमा एक युवकले ईरिक्सा रोक्छन । रिक्सा पार्क गरेर आफुले ल्याएका यात्रुसँगै विमानस्थल कक्ष छिरेका उनि केहीबेरमा बाहिर निस्कँदा त्यहाँ एक युवक हातमा रसिद समाएर पार्किङ शुल्क उठाउन आइपुग्छन् ।

पार्किङ एरियामा रिक्सा पार्क गरेबापत ति युवाले रु. ५० को रसिद काट्छन र पैसा दिन रिक्सा चालकलाई दवाव दिन्छन । पार्किङ शुल्क महंगो भएको भन्दै रिक्सा चालकले पैसा तिर्न ईन्कार गर्छन । तर गुण्डागर्दी शैलिमा ति युवाले रिक्साचालकको हातमा ५० को रसिद थमाउँछन र पैसा अशुली गर्दछ । यो मंगलबार दिउँसो बाँकेको नेपालगन्जस्थित राँझा विमानस्थलमा देखिएको दृष्य हो ।

नेपालगन्जमा रिक्सा चलाएर जिविका चलाउने अकरम खाँलाई पार्किङ वापत यति धेरै मुल्य चुकाउनुपरेको यो पहिलो पटक भने होईन । यसअघि पनि पटक पटक तोकिएको मुल्यभन्दा बढि पार्किङ शुल्क तिर्नुपरेको उनले गुनासो गरे । नेपालगन्जबाट १०० रुपैयाँमा यात्रु बोकेर एरपोर्ट पुगेका उनले कमाईको आधा हिस्सा पार्किङमै तिर्नुपरेको भन्दै दुख ब्यक्त गरे ।

मोटरसाईकललाई १५ र गाडीलाई ३० रुपैयाँ पार्किङ शुल्क तोकिएको भएपनि रिक्साबाट भने गुण्डागर्दी शैलिमा ५० रुपैया अशुली गर्ने गरीएको एक रिक्सा चालकले बताए । भनेजती पैसा नदिए पार्किङमा खटिएका युवाहरुले दुब्र्यबहार गर्ने गरेको रिक्सा चालकहरुको गुनासो छ ।

एयरपोर्ट प्रशासन र ठेकेदार कम्पनीको निर्देशनमै पार्किङ शुल्क लिईएको पार्किङमा खटिएका युवाले दावी गरे । ‘हामीलाई जति उठाउनु भनिएको छ, त्यती नै उठाएका छौं’, ति युवाले भने ।

यसबारेमा बुझ्न खोज्दा नेपालगन्ज एयरपोर्टका प्रमुख शुभाष झाको फोन उठेन भने पार्किङ ठेकेदार कम्पनीसँग सम्पर्क हुन सकेन ।

  • ६ श्रावण २०७८, बुधबार ०९:३० प्रकाशित
  • Nabintech