केपी शर्मा ओली सरकारको उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद पौडेलले आज बिदाइ भेट गरेका छन् । उनले आफ्नो कार्यकाल सफल पार्न सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिए ।
उनी अर्थ मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा-छुट्टै विदाइ कार्यक्रममा सहभागी भए ।
पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको बताए ।
उनले अब आउने मन्त्रीहरुलाई समेत उत्तिकै साथ र सहयोग गर्न कर्मचारीलाई आग्रह गरेको पौडेलको सचिवालयले जनाएको छ ।
२९ असार २०७८, मंगलवार १९:०९ प्रकाशित