प्रकोपले क्षति पुगेका विद्यालयको विवरण असार २५ भित्र पठाउन निर्देशन
  • काँचुली खबर

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राकृतिक प्रकोपका कारण विद्यालयमा भएको क्षतिको विवरण असार २५ गतेभित्र पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

केन्द्रले बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङ लगायत प्राकृतिक प्रकोपबाट विद्यालयमा भएको क्षतिको विवरण स्थानीय तहसँगको समन्वयमा पठाउन शिक्षा विकास तथा समन्वय इकाईहरुलाई निर्देशन दिएको हो ।

क्षतिको विवरण तयार गरी इलेक्ट्रोनिक कपी २५ गतेभित्र केन्द्रको इमेल ठेगानामा र हार्ड कपी असार मसान्तभित्र केन्द्रको योजना तथा अनुगमन शाखामा आइपुग्ने गरी पठाउनुपर्ने केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

  • २० असार २०७८, आईतवार १८:३७ प्रकाशित
  • Nabintech